
एजेन्सी । भारतीय अभिनेत्री रम्भा क्यानडामा कार दुर्घटनामा परेकी छन् ।
कार दुर्घटनाको समयमा उनीसँगै कारमा उनका छोराछोरी र नानी (बच्चा हेरचाह गर्ने मान्छे) पनि थिए । यस दुर्घटनामा कसैलाई गम्भीर चोटपटक नभए पनि उनकी छोरी साशा भने अस्पतालमा भर्ना भएकी छन् ।
रम्भाले सामाजिक सञ्जालमा मार्फत उक्त कुराको जानकारी दिएकी हुन् । यसका साथै उनले छोरीको लागि प्रार्थना गर्न पनि अनुरोध गरेकी छन्। रम्भाले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै कार दुर्घटनाबारे खुलाएकी छन् ।
उनले लेखेकी छन्, ‘बच्चाहरूलाई स्कुलबाट लिएर आउँदा हाम्रो कारलाई अर्को कारले ठक्कर दियो । म र नानी छोराछोरीसँगै गाडीमा थियौं। हामिलाई सामान्य चोटपटक लागेको छ । तर, हामी सबै सकुशल छौं । मेरी छोरी साशा भने अस्पतालमा भर्ना भएकी छिन् । कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस्। तपाईंका सबै प्रार्थनाहरू हाम्रो लागि धेरै महत्त्वपूर्ण छन्।’

रम्भा भारतीय चर्चित अभिनेत्री हुन् । उनले हिन्दीका साथै तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली, भोजपुरी र अंग्रेजी चलचित्रमा काम गरिसकेकी छन्। रम्भाको वास्तविक नाम विजयलक्ष्मी हो। उनले दुई दशकमा सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् । रम्भा सलमान खानको अपोजिट ‘जुडवा’ मा देखिएकी थिइन् । यही चलचित्रबाट उनले आफ्नो वास्तविक पहिचान पाएकी हुन् । ‘जुडवा’ बाहेक रम्भाले ‘घरवाली बहरवाली’, ‘क्युँकी मै झुठ नही बोल्ता’ जस्ता धेरै हिन्दी चलचित्रमा काम गरिसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्