१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजरायलमा पूर्व प्रधानमन्त्री नेतान्याहु नेतृत्वले बहुमत ल्याउने प्रक्षेपण


91
Shares

काठमाडौं । इजरायलमा मंगलबार सम्पन्न आमनिर्वाचनमा पूर्व प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु बहुमतसहित सत्तामा फर्किने देखिएको छ ।

चुनावपछि गरिएका मत सर्वेक्षणले नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धनले सजिलो बहुमत प्राप्त गर्ने देखाइएको छ । एक सय २० सदस्यीस संसदमा दक्षिणपन्थी शक्तिहरुले कम्तिमा ६२ सीट जित्ने मत सर्वेक्षणहरूको प्रक्षेपण छ ।

इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री भईसकेका नेतान्याहूमाथि भ्रष्टाचारको आरोप छ । तर, उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । निर्वाचनमा काम चलाउ सरकारका प्रधानमन्त्री याशी अदितको मध्यमार्गी पार्टी २५ सिट तलै खुम्चिने देखिएको छ ।

चार वर्षमा पाँच पटक भएको यो आम निर्वाचनले इजरायलमा लामो समयपछि बहुमतको स्थिर सरकार दिने अपेक्षा गरिएको छ ।