
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
युैगरी, राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्