१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अजय देवगन निर्देशित फिल्म ‘भोला’मा अमला पल अनुबन्धित


52
Shares

एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’मा दक्षिण भारतीय अभिनेत्री अमला पल अनुबन्धित भएकी छन् ।

अजयको पछिल्लो फिल्म ‘थ्याङ्क गॉड’ बक्स अफिसमा फ्लप भएको छ । अब अजय आफ्नो आगामी फिल्म ‘भोला’ को लागि काम गरिरहेका छन् । फिल्ममा अजयका अलावा अभिनेत्री तब्बु पनि रहेकी छन्। अब उक्त फिल्ममा तब्बुको अलवा अर्की अभिनेत्री अमला अनुबन्धित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो फिल्म तमिल फिल्म कैथी को रिमेक हो । फिल्मको सुटिङ हाल मुम्बईमा भइरहेको छ । फिल्ममा अमलाको विशेष भूमिका रहनेछ र उनको चरित्र महत्वपूर्ण हुनेछ । फिल्मको छायांकनको अर्को शेड्युलमा अमला पनि निर्माण टिमसँग जोडिने समाचारमा उल्लेख गरिएको छ ।

यस फिल्मका निर्देशक अजयले फिल्म ३० मार्च २०२३ मा सिनेमाघरमा रिलिज हुने बताएका छन् । यसरी अजयको निर्देशनमा बन्न लागेको यो चौथो फिल्म हो । यस फिल्ममा उनी आफैले पनि अभिनय गरेका छन् । यसअघि अजयले ‘यू मी और हम’, ‘शिवाय’ र ‘रनवे ३४’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

अजय फिल्म भोला बाहेक ‘दृश्यम २’, ‘मैदान’ र ‘गोलमाल ५’ मा पनि देखिनेछन् ।