
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार पाकिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
यो खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
सुपर १२ चरणबाट सेमिफाइनलमा प्रवेश गर्ने झिनो आशा जिवित राख्न पाकिस्तानलाई बिहीबारको खेल जित्नैपर्ने दबाब छ ।
समुह दुईमा अहिलेसम्म ४ खेलबाट ६ अंक जोडेको भारत शिर्ष स्थानमा रहेको छ । ३ खेलबाट ५ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । तेस्रो स्थानको बंगलादेशको ४ खेलबाट ४ अंक रहँदा ३ अंकसहित जिम्बाबे चौथो स्थानमा छ । पाँचौ स्थानको पाकिस्तानले ३ खेलबाट २ अंक मात्रै जोडेको छ भने समान २ अंक जोडेको नदेरल्याण्ड्स तालिकाको पुछारमा छ ।
सेमिफाइनलमा प्रवेश गर्न पाकिस्तानले अब बाँकी रहेका दुवै खेल जित्नुपर्ने हुन्छ भने दक्षिण अफ्रिका र भारतमध्ये कुनै एक टोलीले बाँकी रहेका सबै खेल हार्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्