
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टीम एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ भएको छ । आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाएपछि एपीएफ र गण्डकीबीचको खेलमा रोमान्चक टाइ भएको हो । खेल ’टाइ’ भएसँगै एपीएफ र गण्डकीले अंक बाडेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय १५ रन बनाएको थियो । एपीएफका लागि भुवन कार्कीले अविजित रहदै २४ रन बनाए । पुरण बिकले २३ रन जोडे । लोकेश बम र सन्दीप जोराले समान २२÷२२ रन बनाए । कप्तान शरद भेषवाकर ३ रनमा आउट भए । एपीएफलाई सस्तैमा समेट्न गण्डकीका अर्जुन कुमाल र अमृत गुरुङले ३/३ विकेट लिए ।
गण्डकीका अविशेक बस्नेतले २४ रन बनाए । अर्जुन कुमालले १८ रन जोड्दा कप्तान विपिन खत्रीले १७ रन बनाए । कमल परियार ११ रनमा आउट भए । एपीएफका मौषम ढकाल र किशोर महतोले ४/४ विकेट लिए ।
आजै भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी विजयी भएको छ । प्रतिोगितामा पहिलो जित निकाल्ने क्रममा आर्मीले सुदुरपश्चिम प्रदेशलाई १६९ रनले हरायो । आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनायो । सुदुरपश्चिमका लागि बसन्त खत्रीले २५ रन जोडे ।
नारायण जोशीले १९ रन जोड्दा गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखियाले ३ विकेट लिए । बिक्रम सोब र शादब खानले २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो ।
आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका रोहित पौडेलले ५२ रन जोडे । त्यस्तै कुशल मल्लले ४३ रन जोड्दा भिम शर्कीले ३४ तथा कप्तान विनोद भण्डारीले २८ रन बनाए । सुदुरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले २÷२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्