
काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् ।
बिहीबार निर्माण टिम र आमेष बीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो । मंसिर ७ गतेबाट फ्लोरमा जाने उक्त चलचित्रमा राजेन्द्र खड्गीको पनि अभिनय रहनेछ । चलचित्रका लागी अन्य कलाकार छनोटको भइरहेको निर्माण टिमले जनाएको छ ।
निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी रहने छ ।
लमजुङ, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिने चलचित्र झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुनेछ ।
सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।
प्रतिक्रिया दिनुहोस्