
एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानीले आफ्नो साथीको पूर्व पतिसँग विवाह गर्न लागेको खुलासा भएको छ ।
हंसिकाले हालै आफ्नो विवाहको खबर इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो भावी पति सोहेल खटुरियासँगको तस्वीर इन्स्टाग्राम पोस्ट गरेकी छन् । जसमा सोहेलले हंसिकालाई रोमान्टिक ढंगमा विवाहको प्रस्ताव राखेका थिए । हंसिकाले सार्वजनिक गरेको यस्ता तस्वीरले सामाजिक सञ्जालमा निकै हलचल मच्चाएको छ ।
यसैबीच अब चकित पार्ने कुरा के छ भने हंसिकाले विवाह गर्न लागेका सोहेल उनको आफ्नै साथी रिंकीका पूर्व पति रहेका छन् । अहिले सोहेल र रिंकीको विवाहको भिडियो सामाजिक सञ्जालमा पनि निकै भाइरल भइरहेको छ । सार्वजनिक भएको भिडियोमा हंसिका आफ्नी साथी रिंकी र सोहेलको विवाह अघिको समारोहमा सहभागी भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार रिंकी र सोहेलको विवाह सन् २०१६ मा भएको थियो । तर, उनीहरू केही समयपछि नै अलग भएका थिए ।
हंसिका यसै वर्षको ४ डिसेम्बरमा सोहेलसँग विवाह गर्दैछिन् । दुवैले जयपुरको मुन्डोटा फोर्टमा विवाह गर्न लागेका हुन् । यो ४ सय ५० वर्ष पुरानो विलासी किल्ला हो। जसमा भव्य विवाह हुने भएको छ ।
उनीहरुको विवाहको तयारी पनि सुरु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्