
web pic
काठमाडौं । कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
बिदर प्रहरीका अनुसार बेमलखेडा गाउँ नजिकै दुर्घटना हुँदा सात महिलाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरूलाई बिदर अस्पताल लगिएको छ ।
बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो ।
घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया दिनुहोस्