१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘चितवनमा निर्वाचन लड्न नसकेर गोरखा पुगे प्रचण्ड’


1.833k
Shares

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्क समेत गर्नुभयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दावी समेत दोहोर्याउनुभयो । उहाँले सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने जिकीर समेत गर्नुभयो ।

मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको भन्दै आगामी निर्वाचनमा नेपाली जनताले सरकार बनाउने गरी साथ दिनुपर्ने उहाँले बताउनुभयो ।