१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुक्तिका लागि संघर्ष गर्न अझै आवश्यक : मोहन वैद्य


1.989k
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातिय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादबिरुद्ध लडेर संघर्ष गर्दापनि वर्गीय, जातिय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताउनुभयो ।

संशोधनवाद सबै क्षेत्रमा फैलिसकेको उल्लेख गर्दै उहाँले संशोधनवादकाबिरुद्ध नलडीकन मुक्ति प्राप्त हुन नसक्ने बताउनुभयो।

महासचिव वैद्यले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गरी साम्यवादको प्राप्तिको निम्ति दृढतापूर्वक अघि बढ्नुपर्ने तर्क गर्नुभयो ।