
दाङ । असोज ३० गते दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशोरीको फेला परेकाे शव प्रकरणमा चार जना पक्राउ परेका छन् ।
दाङका एसपी वीरबहादुर ओलीले किशोर र किशोरीको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको पुष्टि गर्नुभयाे । उहाँका अनुसार पक्राउ परेका चारै जनालाई आज सार्वजनिक गरिनेछ ।
तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए ।
उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको भनाइ छ । मृतक दुवै जनाको टाउकोमा चोट देखिएको थियाे ।
प्रतिक्रिया दिनुहोस्