९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थपिए २८ जना कोरोना संक्रमित


338
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७९ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार २ सय १९ जनाको पीसीआर र ६ सय ६० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।