६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणकाे चपेटामा


0
Shares

एजेन्सी । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिका कारण महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवारमा वायु प्रदूषणसँग सम्बन्धित रोग भएको देखाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले वायुको गुणस्तर सूचकांकले गम्भीर तह पार गरेको देखाएको छ ।

सर्वेक्षण अनुसार नयाँ दिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवार मध्ये चारले प्रदूषण सम्बन्धित रोगको सिकार भएकाले जनजीवन अस्तब्यस्त बनेको छ । नयाँ दिल्लीका १८ प्रतिशतले चिकित्सक वा अस्पताल गएर रोगको निदान एवम् उपचार खोजेका छन् ।

भारतको दिल्ली बाहेक नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद नजिकका सामुदायिक समूहहरूसँगको सभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो ।

८० प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् ।