
काठमाडाैं । कात्तिक २१ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेकाे छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेकाे छ ।
त्यस्तै डेंगुबाट अहिलेसम्म याे वर्ष संख्या ५५ जनाकाे ज्यान गएकाे छ ।
यो संख्या सन् २००४ यताकै उच्च रहेकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएकाे छ ।
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्