९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


भारतीय चर्चित गायिका पलकले संगीतकार मिथुनसँग गरिन् विवाह (हेर्नुहोस् तस्विरहरू)


4.303k
Shares

एजेन्सी । भारतीय चर्चित गायिका पलक मुछाल र संगीतकार मिथुन विवाह बन्धनमा बाँधिएका छन् ।

नोबेम्बर ४ गतेदेखि दुवैको विवाहको कार्यक्रम सुरू भएको थियो भने नोभेम्बर ६ मा विवाह सम्पन्न भएको थियो । यो विवाहमा जोडीका परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी भएका थिए ।

पलक र मिथुनले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । यी तस्बिरहरू सेयर गर्दै दुवैले लेखेका छन्, ‘आजबाट हामी दुवै सधैंका लागि एक भएका छौं ।’

भारतीय सञ्चार माध्यामका अनुसार दुबैले मागी विवाह गरेको बताइएको छ । यी दुईले यसअघि सँगै काम गरिसकेपनि उनीहरू कहिल्यै रिलेशनशिपमा थिएनन् । दुवैको विवाह पारिवारिक साथीभाइले तय गरेका थिए ।

जब पलकका आमाबुवाले मिथुन र उनको परिवारलाई भेटे, दुवैलाई यो सम्बन्ध निकै मन परेको थियो ।

विवाहको केहि तस्वीरहरू :