१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


शर्लिन र राखीले दर्ता गराए एकअर्काविरुद्ध उजुरी


7.852k
Shares

एजेन्सी । भारतीय टिभी अभिनेत्री राखी सावन्त र शर्लिन चोपडाबीचको विवाद कानुनी लडाइमा परिणत भएको छ ।

पछिल्लाे समय दुवैले एकअर्कालाई निशाना बनाइरहेका छन् । नोभेम्बर ६ मा राखीले शर्लिनविरुद्ध मनहानीकाे आराेपमा प्रहरीमा उजुरी गरेकी थिइन् भने शर्लिनले पनि नोभेम्बर ७ मा राखीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

शर्लिनले राखीविरुद्ध आईपीसीको धारा ४९९, धारा ५००, धारा ५०९ र धारा ५०३ अन्तर्गत उजुरी दिएका छन् । शर्लिनले जुहू प्रहरी चौकीमा यो उजुरी दर्ता गराएकी छन् ।

उजुरी पछि राखीलाई जवाफ दिदै शर्लिनले भनिन् , ‘हामी मि टु (यौन ) पीडितहरूको एकतालाई लक्षित गर्दैछौं । राखीले मलाई पोर्नस्टार हो भन्ने गलत बयान दिइरहेकी छन् । राखी मेरो बारेमा अपमानजनक कुरा गरिरहेकी छन् , के उनी आफैं राम्रो महिला हुन् त ?’ राखीले यौन शोषण गर्नेहरूको साथ दिएको शर्लिनको आराेप छ ।

राखीविरुद्ध उजुरी दर्तासँगै शर्लिनले प्रहरी र महाराष्ट्रका सीएम(मुख्य मन्त्री) एकनाथ शिन्देलाई पत्र लेखेकी छन् । शर्लिनले चलचित्र निर्देशक साजिद खानमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी छन् । यस्तो अवस्थामा प्रहरीले आगामी दिनमा कुनै कारबाही गरेन भने यो मुद्दा अदालतसम्म जानेछ ।

राखीले पनि शर्लिनको आपत्तिजनक टिप्पणीका लागि एफआइआर पनि दर्ता गराएकी छन् । राखीले आफूसँग शर्लिनविरुद्ध धेरै प्रमाण रहेको दाबी गरेकी छन् ।