
काठमाडौं । गायक प्रकाश दुतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेको समाचार बाहिरिएपछि त्यसको खण्डन गरेका छन् ।
सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका गायक दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको समाचार आएपछि उनले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरालाई स्पष्ट पार्दै लामो स्टाटस लेखेका छन् ।
गायक दुतराजले एकान्त कोठामा बस्ने , घण्टौसम्म हराउने आफ्नो पुरानो स्वभाव रहेको भन्दै हराउनुको अर्थ मर्नु नहुने बताउँदै समाचारको खण्डन गरेका हुन् । उनको आत्महत्या बारे समाचार सार्वजनिक भएपछि आफू र परिवारलाई असजिलो महसुस भएको उनको गुनासो छ । उनी लेख्छन्, ‘समाचार पढें असजिलो महसुस भयो । ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि ’
साथै उनले लेखेका छन्,बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुःखले जन्माएको हुर्काएको होइनौं नि तिमीहरूलाई, माया गर्नेहरुको आशुले सराप्छ । कसरी मार्न सक्थे र यो शरीरलाई ।’
गलत बुझाई तथा सुचना को आधारमा प्रकाशित समाचारहरूले आफूलाई माया गर्नु हुने प्रति पर्न गएको असरमा उनले क्षमा समेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्