१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल प्रहरीमा चार जना एआईजीको दरबन्दी रिक्त


481
Shares

काठमाडौं । नेपाल प्रहरीमा चार जना एआईजीको दरबन्दी रिक्त भएको छ ।

उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले अवकाश पाउनु भएको छ ।

मंगलबार उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा उहाँलाई बिदाइ गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणा सहितका उच्च प्रहरी अधिकारीहरुले उहाँलाई बिदाइ गर्नुभएको हो ।

२०७९ साउन २० मा विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्यले अवकाश पाउनु भएको थियो । यस्तै प्रशासन विभाग प्रमुख एआईजी अरुण कुमार बि.सी. कार्तिक १४ बाट अवकाशमा गइसक्नु भएको छ ।

बिसी र धानुकको अवकाशसँगै प्रहरीमा चारजना एआईजीको दरबन्दी रिक्त भएको हो । रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डीआईजी प्रतिस्पर्धामा छन् ।

मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका नलप्रसाद उपाध्याय र सुदूरपश्चिमम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् ।