२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बेलायती अभिनेता लेस्ली फिलिप्सको ९८ वर्षको उमेरमा निधन


611
Shares

एजेन्सी । ‘ह्यारी पोटर’ सिरिजमा महत्वपूर्ण भूमिका निभाउने बेलायती अभिनेता लेस्ली फिलिप्सको ९८ वर्षका उमेरका निधन भएको छ ।

अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार लेस्ली लामो समयदेखि बिरामी थिए र रोगसँग लडिरहेका थिए । लेस्लीका एजेन्ट जोनाथन लोयडले उनको निधन भएको पुष्टि गरेका छन् ।

जोनाथनका अनुसार लेस्लीको सोमबार सुतिरहेका बेला नै निधन भएको हो । लेस्लीको जन्म २० अप्रिल १९२४ मा लण्डनमा भएको थियो । ‘ह्यारी पोटर’का कारण उनी युवापुस्तामाझ निकै लोकप्रिय पनि थिए ।

उनले आफ्नो करियरमा दुई सयभन्दा बढी फिल्ममा काम गरेका छन् । फिल्मबाहेक उनले टिभी र रेडियोमा पनि काम गरिसकेका छन् । लेस्ली दिग्गज बेलायती अभिनेताको सूचीमा गनिन्थे ।

ह्यारी पोटरबाहेक लेस्लीलाई ‘क्यारी अन’ फिल्मका लागि पनि चिनिन्थ्यो । क्यारी अन फिल्ममा लेस्लीका वाक्य मानिसलाई निकै मनपरेको थियो । फिल्ममा उनका वाक्य आज पनि मानिसहरुबीच चर्चित छन् । लेस्ली आफ्नो आइकोनिक वान लाइनर्सका लागि पनि प्रशंसकबीच चर्चित थिए ।

लेस्लीको निधनले अभिनेताकी श्रीमतीलाई गहिरो चोट पुगेको छ । उनले आफ्ना श्रीमानको निधनमा बेलायती पत्रिका ‘द सन’ सँग कुराकानी गर्दै भनिन्, ‘मैले निकै शानदार श्रीमान् गुमाएकी छु र सर्वसाधारणले एक सच्चा शो म्यानलाई गुमाएको छ । मानिसहरुले उनलाई प्रेम गर्दथे । उनी जहाँ जान्थे, मानिसले आफ्नो प्रेमको वर्षा गरे ।’