१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा पनि भूकम्पले भौतिक संरचनामा क्षति


390
Shares

बझाङ । मंगलबा राति गएको भूकम्पको धक्काले बझाङ जिल्लामा पनि भौतिक संरचनामा क्षति पुर्‍याएकाे छ ।

जिल्लाको विभिन्न पालिकाका घर र विद्यालयहरुमा क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सबै भन्दा बढी क्षति थलारा गाउँपालिका वडा नम्बर ९ मा गरेको छ । वडा नम्बर ९ अन्तर्गत एकै गाँउका ५ वटा घरमा पूर्ण रुपले क्षति भएकाे छ ।

त्यस्तै, वडा भरी ७ वटा घर पूर्णरुपमा र आंशिक रुपमा १ सय ५ भन्दा बढी घरमा क्षति भएको थलारा गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।