
काठमाडौं । सेयर बजारमा तेस्रो दिन पनि गिरावट आएको छ ।
पछिल्ला दुई दिन सोमबार र मंगलबार सामान्य करेक्सन आएको बजारमा बुधबार भने डेढ अर्ब नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४० अंक बराबरले घटेर १९ सय १७ मा आएर थामियो ।
सबै समूह राताम्मे रहँदा जीवन बीमा समूह सबैभन्दा उच्च २ सय अंकले ओरालो लाग्यो । निर्जीवन बीमा, विकास बैंक र लघुवित्त समूह पनि सय अंक बढीले झरे । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ४१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्