१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मतदाता शिक्षालाई प्रभावकारी बनाइने


91
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाइने जनाएको छ ।

गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचालु गरेको जनाएको हो ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको छ । गत स्थानीय तहको निर्वाचनमा प्रभावकारी नभएका कारण स्थगन गरेको भएपनि आयोगले यस पटक भने कात्तिक १८ गतेदेखि नै मतदाता शिक्षा सुरु गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

उहाँले आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मतदाता शिक्षा निर्देशिका, २०७९ निर्माण गरी मतदाता शिक्षा दिइरहेको बताउनुभयो । उहाँले निर्देशिकाले समेटेका विभिन्न कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा सामग्रीहरू छपाएर सबै स्थानीयहरूमा वितरण भइसकेको पनि बताउनुभयो । सहप्रवक्ता अर्यालले मतदाता शिक्षाको लागि अडियो, भिडियो तथा अनलाइनमार्फत प्रशारण भइरहेको बताउनुभयो ।

सहप्रवक्ता अर्यालले निर्वाचन आयोगले राजनीतिक दलका उम्मेदवारहरूलाई मतदातसँग मत माग्ने मात्रै नभएर मत हाल्न सिकाउन आग्रह गरेको पनि बताउनुभयो । उहाँले राजनीतिक दलमा उम्मेदवारहरूले मत माग्न जाँदा मत हाल्ने तरिका सिकाउँदा मतदाता शिक्षा थप प्रभावकारी हुने बताउनुभयो ।