१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सही उम्मेदवार छनोट गर्न मतदातालाई रेग्मीको आह्वान


455
Shares

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ ।

बुधबार नेपाल–चाइना फ्रेन्डसिप फोरमले गरेको एक कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठिक ढंगले अगाडि बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गर्नुभभएको हो ।

उहाँले मतदाताहरूलाई दूरदृष्टि राखेर सुखद् भविष्यको सपना साकार पार्ने उपयुक्त उम्मेदवार छनोट गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनपछि पछुताउनुभन्दा निर्वाचनपूर्व नै विचार पुर्‍याउनुपर्ने बताउनु भयो । पूर्वअध्यक्ष रेग्मीले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा एकै क्षेत्रमा केन्द्रित भएर विकास निर्माणको काम गर्नुपर्ने बताउनुभयो । विकासका विभिन्न काममा उपलब्धिमूलक काम हुन नसकी लगानी खेर गइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।