
एजेन्सी । भारतीय अभिनेता अली फजल चाँडै आफ्नो अर्को हलिउड फिल्म ‘अफगान डिमर्स’ मा देखिने भएका छन् ।
यसअघि अलीले ‘डेथ अन द नाइल’ र ‘कांधार’ जस्ता हलिउड फिल्ममा काम गरिसकेका छन् । अलीको याे फिल्म ‘यू डोन्ट ह्याभ टु डाइ’ र ‘ट्विन टावर्स’ का लागि ओस्कार जितेका बिल गुटेन्टागले निर्देशन गरेका हुन् । फिल्मको कथा अफगानिस्तानका महिलामा आधारित छ ।
भारतीय सञ्चार माध्यमका अनुसार मोरक्कोमा ‘अफगान डिमर्स’ को सुटिङ सुरु भएको छ । यो करिब ५० दिनसम्म निरन्तर चल्नेछ । अलीको यो फिल्म वास्तविक जीवनमा आधारित कथा हो, जसमा अफगानिस्तानकी रोया महबूबको कथा २०१७ मा देखाइनेछ ।
यो एक अफगानी महिलाको कथा हो, जसले देशका महिलाहरूलाई विज्ञान र प्रविधिको बारेमा सचेत गराउन मद्दत गर्छ । महिलामाथि धेरै प्रतिबन्ध भएको देशमा एक महिला रोया जाे अरू महिलाका लागि आशाको किरण बनेर आउँछिन् ।
फिल्ममा रोयाको भूमिका निकोल बुशेरीले निभाएकी छिन् ।
गत वर्ष अली फजलले जेरार्ड जेम्स बटलरको एक्सन फिल्म कांधार देखिने घोषणा गरेका थिए । फिल्म सन् २०२३ मा रिलिज हुने तयारीमा छ । त्यसपछि अली अफगान ड्रीमर्समा पनि देखिनेछन् । हलिउड प्रोजेक्ट बाहेक अली चाँडै वेब सिरिज मिर्जापुर सिजन ३ मा पनि देखिनेछन् ।
प्रतिक्रिया दिनुहोस्