१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चेल्सीलाई हराउँदै सिटी चौथो चरणमा


702
Shares

काठमाडौं । चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी इएफएल कप अर्थात् काराबाओ कप फुटबलको चौथो चरणमा पुगेको छ ।

इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा चेल्सीलाई २–० ले हराउँदै सिटीले चौथो चरणमा पुगेको हो ।

सिटीका लागि रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गरे ।

खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि ५८ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

अर्को खेलमा प्रिमियर लिग क्लब लिभरपुलले लिग वान क्लब डर्वी काउन्टीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ । उल्भ्सले लिड्सलाई १–० ले, साउथह्याम्पटनले सेफिल्ड वेनस्डेलाई पेनाल्टी सुटआउटमा ६–५ ले तथा न्युकासलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएर चौंथो चरणमा प्रवेश गरेका छन् ।