
काठमाडौं । मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (क) का लागि आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । शुक्रबार नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने पनि निर्वाचन आयोगले जनाएको छ ।
यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि आयोगले बुधबार नै उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको थियो ।
कांग्रेसका तर्फबाट उक्त क्षेत्रमा मानबहादुर लिम्बूले बिहीबार मनोनयन दर्ता गराएका छन् । कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै कायम गरिएको छ ।
उक्त क्षेत्रमा मंसिर ४ गते नै मतदान हुने गरी निर्वाचन कार्यक्रम तय गरिएको आयोगले बताएको छ।
प्रतिक्रिया दिनुहोस्