
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच आगामी साता भेटवार्ता हुने भएको छ ।
नोभेम्बर १४ मा इण्डोनेसियामा हुने जी-२० राष्ट्रहरुको बैठकका क्रममा सी र बाइडेनबीच भेटवार्ता हुने कार्क्रय तय भएको हो । सी पुनः चीनको राष्ट्रपति चयन भएपछि यी दुई शक्ति राष्ट्रका नेताहरुबीच पहिलो पटक भेट हुन लागेको हो । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै भेट हुन लागेको पुष्टि गरेको हो ।
दुई देशबीचको सम्बन्धलाई विस्तार गर्ने र प्रतिष्पर्धालाई मर्यादित बनाउने याेजना रहेकाे छ । दुवै देशकाका साझा चासोका विषयहरुमा सहकार्य गर्ने लगायतका एजेण्डाहरुकाे बारेमा छलफल हु्ने ह्वाइट हाउसले जनाएको छ । केही महिना अघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि चीन अमेरिकासँग निकै रुष्ट बनेको छ ।
प्रतिक्रिया दिनुहोस्