१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङमा अटो रिक्सा दुर्घटना हुँदा २ जनाकाे मृत्यु


52
Shares

काठमाडौं । ताप्लेजुङमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका हुन् । शनिबार अटो रिक्सा दोखुको नाम्लेपाटीमाथि घ्याङ डाँडामा दुर्घटना हुदाँ पाथिभरा याङ्वर गाउँपालिका वडा नम्बर–१ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ–८ दोखुका ११ वर्षका इशान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सदरमुकाम फुङलिङ नगरपालिका वडा नम्बर–८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १–००२–००३ ह ३९०० नम्बरको अटो रिक्सा दुर्घटना भएको हो । उनीहरु उपचारका लागि काठमाडाैं हिँडेका प्रहरीले बताएकाे छ ।

घाइते अटो चालक गङ्गाराम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।