
काठमाडौं । आगामी नयाँ वर्षमा नेपाली दुई ठुला फिल्म प्रदर्शन हुने भएको छ ।
झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’ ले आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति तोकिसकेको अवस्थामा अब यो मितिमा छायांकनरत फिल्म ‘नाईं नभन्नू ल ६’ पनि प्रदर्शन हुने निश्चित भएको हो ।
निर्देशक तथा निर्माता विकासराज आचार्यले बैशाख १ गतेदेखि फिल्म रिलिज हुने जानकारी दिएका छन् । बाल प्रेमकथामा निर्माण हुँदै आएको ‘नाईं नभन्नू ल’ का अघिल्ला पाँचवटै श्रृंखला बक्सअफिसमा सफल छन् ।
छैठौं श्रृंखलाले पनि व्यावसायिक सफलता हासिल गर्नेमा निर्माण पक्षको विश्वास छ । यो अवस्थामा ‘भगवत् गीता’ र ‘नाईं नभन्नू ल ६’ सँगको भिडन्त कस्तो होला हेर्न बाँकी नै छ ।
आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेको ‘नाईं नभन्नू ल ६’ मा आँचल शर्मा, आर्शिवाद क्षेत्री, योगिशा खत्री, अर्थव उप्रेतीलगायतको अभिनय छ । अर्थवले यही फिल्मबाट कलाकारको रुपमा डेब्यू गरेका हुन् ।
झरना थापाको निर्देशन बन्ने फिल्म ‘भगवत् गीता’ मा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छिन् ।
प्रतिक्रिया दिनुहोस्