२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘महापुरूष’ हेर्न कुलमान घिसिङ पुगे हल


156
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत फिल्म ‘महापुरुष’ हेर्नु भएको छ ।

उहाँले आफ्नी श्रीमतीसँगै काठमाडौंको चाबहिलमा रहेको एफएक्युब सिनेमाजमा शनिबार साँझ फिल्म हेर्नु भएको हो ।

साँझ ५ बजेर १५ मिनेटको शोमा फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफूलाई मनपर्ने सामाजिक विषयवस्तुमै फिल्म रहेको जानकारी दिनुभयो ।

‘हलमा फिल्म हेरिरहँदा उठान गरेको विषयले छोयो । सरल प्रस्तुति तर गम्भीर विषय’, उहाँले भन्नुभयो, ‘हलमा खर्चेको समय र पैसाको सदुपयोग भयो । मन भित्रको अन्धकारलाई हटाउँदै खुसी हुनुपर्छ ।’

उहाँले आफु ‘पच्चीस वर्ष ‘पछि आफू फिल्म हलमा आएको समेत बताउनुभयो । घिसिङलाई दर्शकको रुपमा हलमा पाउँदा आफू उत्साहित भएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरुष’ हाउसफुल चलिरहेको छ । फिल्मले शनिबार बिहान काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुल व्यापार गरेको छ । प्रदर्शनको दुई सातामा फिल्मले सात करोड चार लाख ग्रस कलेक्सन गरेको जनाइएको छ ।