
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी प्रतिनिधि सभाको चुनावमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताउनुभएको छ ।
आज (आइतबार) ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दावी समेत गर्नुभयो ।
उहाँले घरदैलो कार्यक्रममा आम मतदाताहरु गठबन्धन र विशेषगरी आफूसँग खुशी र सन्तुष्ट रहेको बताउनुभयो ।
चुनावलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेश सभा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् । आम मतदाताको घरमा पुगेर उम्मेदवारहरु आफूलाई भोट माग्न मागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्