
काठमाडौं । विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक र्याली निकालिएको छ । हाल विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरूलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने चिकित्सकहरू बताउँछ्न ।
नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको चिकित्सकहरूको भनाइ छ । अहिले ३० वर्ष भन्दा माथिका मानिसमा यो समस्या धेरै देखिनु खानपानमा ध्यान नदिने, जङफुडहरू बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरूमा पनि मधुमेहको समस्या बढ्दै गएको बताइएको छ ।
मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भएकाले ३० वर्ष भन्दा माथिका हरेक मानिसहरूले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्