२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमाले हरेक नेपालीको मनमा बसेकाे पोखरेलकाे दावी


104
Shares

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बसेर उचाईमा पुग्न सफल भएको दावी गर्नुभएकाे छ ।

आज मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानका क्रममा उहाँले यस्ताे बताउनुभयाे । उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको समेत बताउनुभयो । उहाँले यसपटक मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले आम नागरिकहरु एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचनमा नेकपा एमालेले जित्ने दावी गर्नुभयो ।

उहाँले एमाले संगठन, नेतृत्व, जनताको काम गर्ने हिसाबले संगठित र समर्पित रहेको बताउनुभयो। जनताको काम गरेर एमालेले बनाएको उचाईलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको दावी समेत गर्नुभयाे । उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार हुनुहुन्छ ।

निर्वाचनको दिन नजिकिएसँगै नेताहरु अहिले जनताको घरदैलोमा पुगेर भोट माग्ने क्रम जारी रहेकाे छ ।