२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रसुवामा कर्मचारी अभावका कारण नागरिकता वितरण स्थगित


65
Shares

रसुवा । कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आज मंगलबारदेखि स्थगित गरेको छ ।

प्रतिनिधि र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचन सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरण लगायतका सबै सेवा मंगलबारदेखि आगामी मंसिर ४ गतेसम्मका लागि बन्द गरेको हो ।