
काठमाडौं । थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार २० जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्