
म्याग्दी । म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् ।
पाक्नै लागेका सुन्तलामा औंसा किरा र स्केल रोगको प्रकोप देखिन थालेपछि सुन्तला उत्पादक कृषकहरू चिन्तित भएका हुन् ।
बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटबाटै झर्न थालेको किसानहरूले बताएका छन् । म्याग्दीको वास्कुना र दोसल्ले क्षेत्रमा सुन्तलामा यस्तो रोग देखापरेको हो ।
जिल्लाभर करिब १७ प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तला हो ।
स्केल रोगले सुन्तलाको बोक्रामा विफर लागेको जस्तो हुने र दानाको स्वप नै बिगार्ने गर्दछ । म्याग्दीमा सात सय छ हेक्टरमा सुन्तला तथा कागती खेती गरिदैँ आएको छ ।
प्रतिक्रिया दिनुहोस्