
काठमाडौं । म्यान्मारको सैनिक सरकारले ४ जना विदेशी नागरिकहरूलाई रिहा गरेको छ ।
रिहा गरिएकाहरू मध्ये अष्ट्रेलियन प्राध्यापक, एक जापानी फिल्ममेकर, एक बेलायती कूटनीतिज्ञ र एक जना परिचय नखुलाइएका अमेरिकी नागरिक रहेका हुन् । जनरल जावमिन टुनले भ्वाईस अफ म्यानमारलाई दिएको जानकारी अनुसार अष्ट्रेलियन नागरिक सियान टर्नेल, जापानी नागरिक तोरु कुबोता र बेलायती नागरिक बिकी बोमन रहेका छन् । अमेरिकी नागरिकको नाम भने खुलाईको छैन ।
सन् २०२१ को फेब्रुअरीमा म्यानमारको सेनाले सत्ता हत्याएपछि विभिन्न समयमा उनीहरूलाई पक्राउ गरी जेल सजाय दिइएको थियो । म्यानमारको सुरक्षा कानूनको उल्लंघन गरेको आरोप उनीहरुमाथि लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्