१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं १ का कति स्वतन्त्र उम्मेदवारले छाडे मैदान ?


0
Shares

काठमाडौं । काठमाडौं १ मा प्रतिनिधिसभा सदस्यका लागि उठेका ११ जना स्वतन्त्र उम्मेदवारले मैदान छाडेका छन् । उनीहरुले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै मैदान छाडेका हुन् ।

लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाई हराउने उद्देश्यले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

१५ वर्षसम्म यही क्षेत्रबाट जिते पनि कुनै उल्लेख्य काम गर्न नसकेको कारणले नेता सिंहलाई हराउनैपर्ने चुनावी मैदान छाडेकाहरूको भनाइ छ ।