
एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनका फ्यानहरू हालै सडकमा पोस्टर र ब्यानर बोकेर फिल्म ‘पुष्पा २’ (पुष्पा द रुल) को जानकारीको माग गरिरहेका छन् ।
भारतीय सञ्चार माध्याम अनुसार गत महिना अल्लुले ‘पुष्प २’ को छायांकन सुरु गरेको खबर आएको थियो । तर, त्यसपछि फिल्मबारे कुनै पनि जानकारी नआएपछि उनका फ्यान हातमा पोस्टर, ब्यानर बोकेर सडकमा फिल्मबारे नयाँ जानकारीको माग गरिरहेका छन् ।
अहिले सामाजिक सञ्जालमा केही तस्वीर भाइरल भइरहेका छन् । जसमा फ्यानहरुले हातमा पोस्टर ब्यानर लिएर फिल्मको अपडेटको माग गरिरहेका छन् । भारतको कर्नाटक, महाराष्ट्र, केरला र यूएई जस्ता स्थानहरूमा, फ्यानहरू फिल्मको अपडेटको माग गर्दै सडकमा उत्रिएका छन्। ‘पुष्पा द राइज’को सफलता पछि पुष्पा २ को प्रतिक्षमा रहेका फ्यानहरू सडकमा उत्रिएका छन् र फिल्मको सिक्वेलको जनकारीको माग गरिरहेका छन्।
‘पुष्पा २’ सन् २०२३ मा रिलिज हुने अनुमान गरिएको छ । फिल्मको बजेट करिब ४ सय ५० करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । ‘पुष्पा द राइज’ डिसेम्बर २०२१ मा रिलिज भएको थियो। जुन बक्स अफिसमा ब्लकबस्टर साबित भयो । फिल्मले विश्वभर ३ सय ५० करोड भारतीय रुपैयाँको कलेक्सन गरेको थियो । यो फिल्म मूल रूपमा तेलुगुमा छायांकन गरिएको थियो र पछि हिन्दी लगायत अन्य भाषाहरूमा डब गरिएको थियो।
सुकुमारद्वारा निर्देशित यस फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना मुख्य भूमिकामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्