७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


स्टार खेलाडी मानेले विश्वकप फुटबल गुमाउने निश्चित


156
Shares

काठमाडौं । सेनेगलका फरवार्ड सादियो मानेले विश्वकप फुटबल गुमाउने भएका छन् ।

जर्मन क्लब बायर्न म्युनिखबाट खेल्नेक्रममा घाइते भएका मानेको घुँडाको शल्यक्रिया गर्नु परेपछि उनले विश्वकप गुमाउने पक्का भएको हो । यसअघि, सेनेगल फुटबल फेडेरेशनले गत मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना स्टार खेलाडी मानेले कतार विश्वकपका सुरूवाती खेल गुमाउने बताएका थिए। तर चिकित्सकहरूले मानेको शल्यक्रिया गर्नुपर्ने बताएपछि बिहिबार उनको सफल शल्यक्रिया भएको जनाइएकाे छ ।

मानेको अनुपस्थितिले सेनेगललाई विश्वकप यात्रामा धक्का लाग्ने भएकाे छ। पूर्वलिभरपुल खेलाडी माने हाल जर्मनीको बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्। कतार विश्वकपको समूह ‘ए’ मा रहेको सेनेगलले विश्वकपको पहिलो खेल आगामी सोमबार नेदरल्याण्ड्सविरूद्ध खेल्ने भएकाे छ ।

यो समूहमा आयोजक कतार र इक्वेडर पनि रहेका छन् ।