
एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले फिल्म ‘हड्डी’ मा लिङ्ग परिर्वतन (ट्रान्सजेन्डर) गरेका महिलासँग काम गरेर नयाँ अनुभव बटुलेको बताएका छन् ।
फिल्ममा उनी पहिलो पटक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन् । यस फिल्मका लागि उनले वास्तविक जीवनका ट्रान्सजेन्डर महिलासँग समय बिताइरहेका छन् ।
भारतीय सञ्चार माध्यामसँग दिएको एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो अनुभव सेयर गर्दै यस फिल्ममा आफुले काम गर्नुलाई अविश्वसनीय अनुभव बताएका हुन् ।
नवाजुद्दीनले भने, ‘वास्तविक जीवनमा ट्रान्सजेन्डर महिलासँग काम गर्नु मेरो लागि अविश्वसनीय अनुभव हो । यसमा मैले ८० भन्दा बढी वास्तविक ट्रान्सजेन्डर महिलासँग काम गरेको छु । यो फिल्म मार्फत मैले यो समुदायको बारेमा धेरै कुरा बुझ्ने र सिक्ने मौका पाएँ। यो मेरो लागि सम्मानको कुरा थियो।’
केही समयअघि फिल्मको बारेमा कुरा गर्दै नवाजुद्दीनले भनेका थिए, ‘ म यो फिल्ममा महिला र ट्रान्सजेन्डर दुवैको भूमिका निभाउने छु । यो फिल्ममा मेरो दोहोरो भूमिका छ । फिल्म निर्देशक अक्षतले करिब ४ वर्षदेखि मसँग यो फिल्ममा काम गर्न चाहेका थिए ।’
फिल्म अर्को वर्षमा रिलिज हुने अपेक्षा गरिएको छ । नवाजका फ्यानहरू उनको फिल्मको प्रतिक्षामा छन्, यस्तो अवस्थामा फिल्म ‘हड्डी’ मा उनकाे नयाँ लुकलाई लिएर दर्शकको उत्साह बढाएको छ । नवाज पछिल्लो पटक फिल्म ‘होली काउ’ मा देखिएका थिए ।
प्रतिक्रिया दिनुहोस्