१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशका हिमाली भू-भागमा हिमपातकाे सम्भावना


26
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (शनिबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेकाे छ । साथै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

शनिबार राति भने प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेभएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।