
web pic
बर्दिया । बर्दियामा ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ ।
साेही दुर्घटनामा राजापुर नगरपालिका-३ उत्तरटेडियाका १९ वर्षीय किशोर थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएकाे हो । शुक्रबार राति कर्णाली नदी तटबन्धबाट अनन्तपुर आउने क्रममा भे २ त १००० नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएकाे हाे ।
दुर्घटनामा चालक थारुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्