७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भक्तपुरमा पूर्ण शान्ति सुरक्षा छ, ढुक्क भएर मतदान गर्नुहोस्ः प्रजिअ शर्मा


52
Shares

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले भक्तपुरमा मतदान गर्नको लागि सहज रहेको बताउनुभएको छ ।

आईतवार प्रमुख जिल्ला अधिकारी शर्माले भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको बताउनुभएको हो ।

उहाँले भक्तपुरमा पूर्ण शान्ति सुरक्षा रहेकाले ढुक्कसँग मताधिकारको प्रयोग गर्न मतदातासमक्ष आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण मतदाताहरुले सहज रुपबाट मतदान गर्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको छ । जिल्लामा पूर्ण शान्ति सुरक्षा छ । सम्पूर्ण मतदाताहरुले सहज रुपबाट मतदान गर्न सक्नुहुनेछ ।’

प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यका लागि आज एकैचरणमा देशभर निर्वाचन भइरहेको छ । गृह मन्त्रालयले देशभर अहिलेसम्म ४५ प्रतिशत भन्दा धेरै मतदान भइसकेको जनाएको छ ।