१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँचथरमा आज ११ बजेपछि मतगणना सुरु हुने


26
Shares

पाँचथर । पाँचथरमा आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मत गणना आज सोमबार ११ बजेपछि सुरु गरिने भएको छ ।

मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार सर्वदलीय बैठकपछि मत गणनाको तयारी गरिएको हो । पाँचथरमा एक सय ७७ मतदान केन्द्रमा मतदान भएको थियो । सबै मतदान केन्द्रबाट मतपेटीका सदरमुकाम फिदिम ल्याइसकिएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा ५४ प्रतिशत मत खसेको थियो । आइतबार १ लाख ३८ हजार ९ सय ३२ मतदाता मध्ये ७४ हजार ८ सय ९८ मत खसेको थियाे ।