
सुनसरी । सुनसरीमा आज साेमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
अहिले ४ वटै क्षेत्रमा सर्वदलीय बैठक बसेर सहमतिका आधारमा मतगणना सुरु गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएकाे हाे । सुनसरी क्षेत्र नम्बर १ को धरान सभागृह, २ को शिक्षा तालिम केन्द्र, ३ को दुहबी कबडहल र ४ को भगवती मावि इनरुवामा मतगणना हुने उहाँले बताउनु भएकाे छ ।
सर्वदलीय बैठक सकिने बित्तिकै ४ वटै निर्वाचन क्षेत्रको मतगणना एकसाथ सुरू गरिने उहाँले बताउनुभएकाे छ । मत गणना स्थलमा व्यापक रुपमा प्रहरी परिचालन गरी सुरक्षा ब्यवस्थापन गरिएकाे समेत उहाँले बताउनुभयाे ।
सुनसरीमा ५ लाख ४४ हजार ९ सय ४१ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस्