२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


ललितपुर–२ मा सत्ता गठबन्धनलाई निकै पछि पार्‍यो एमालेले,दोस्रोमा लौरो


2.899k
Shares

ललितपुर । ललितपुरको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर– २ को मतगणना जारी छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर महर्जनले अग्रता कायम गर्नुभएको छ । महर्जनले ५ हजार ८७७ मत प्राप्त गर्न भएको छ । त्यसैगरी हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई ४ हजार ६०० मत आएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका कृष्ण लाल महर्जनले २ हजार ८२६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुबरराज थापालाई ३ हजार ४३४ मत आएको छ ।

ललितपुरमा प्रतिनिधि सभा तर्फ ३ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभा तर्फ ६ वटा क्षेत्र रहेका छन् । प्रदेश तर्फको मतगणना भने भएको छैन ।