१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गगनले जिते काठमाडौं ४ मा,भारी मतले विजयी


832
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका गगन थापा विजयी हुनुभएको छ ।

गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो । मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी हुनु भएको हो । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा एमालेका राजन भट्टराईलाई १३ हजार ८५५ मत आएको थियो ।

२०७४ सालको निर्वाचनमा पनि थापा र भट्टराई प्रतिस्पर्धामा हुनुहुन्थ्यो । काठमाडौं –४ निकै चर्चामा समेत रहेको थियो ।यो क्षेत्रबाट जितसँगै गगनले ह्याट्रिक गर्नुभएको छ । यस अघि उहाँ सोही क्षेत्रबाट दुई पटक विजयी हुनुभएको हुनुभएको थियो ।