
सिन्धुली । सिन्धुलीमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ ।
प्रतिनिधि सभा तर्फ जारी मतगणनामा सिन्धुलीका दुबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर –१ मा १४ हजार १७७ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका उम्मेदवार श्याम कुमार घिमिरेले ७ हजार २२४ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी नेकपा एमालेका उम्मेदवार प्रदीप कटुवालले ५ हजार ७०४ मत ल्याउनु भएको छ ।
यसैगरी क्षेत्र नम्बर –२ मा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका राजन दाहाल(लेखनाथ) ले अग्रता लिनु भएको छ । दाहालले ७ हजार ३५७ मत ल्याउँदा नेकपा एमालेका मनोजंग थापालाई ५ हजार १७५ मत आएको छ । दुइवटै निर्वाचन क्षेत्रको प्रदेश सभा तर्फको पनि मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस्